इटहरी । दिनप्रतिदिन कोरोना संक्रमितहरु बढीको समयमा सुनसरीको इटहरीमा अग्रपंतीमा रहेका खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराउने कार्य राजी रहेको छ ।

कोरोना कहरका समयमा समेत अग्रपंतीमा रहेर सेवा प्रदान गर्दै आएका सुरक्षाकर्मीहरुका लागि इलाका प्रहरी कार्यालय इटहरी र १ नम्बर प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीलाई रोटरी क्लव अफ इटहरीले मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको हो ।

इटहरी उपमहानगरपालिकाको सहकार्यमा रोटरी क्लव अफ इटहरीले इलाका प्रहरी कार्यालय इटहरी र १ नम्बर प्रदेस ट्राफिक प्रहरी कार्यालय इटहरीलाई प्रति कार्यालय पाँच सय पचास मास्क , एक सय पचास वटा साबुन र पाँच लिटर सेनिटाईजर उपलव्ध गराइएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष बिजु बैनी श्रेष्ठले जानकारी दिइन ।

त्यसै गरी मुसहर समुदायको बस्ती रहेको इटहरी उपमहानगरपालिका वडा नम्बर ७को मुसहर बस्तीमा प्रति परिवार पाँच वटा साबुन , मास्क र सेनिटाईजर वितरण गरिएको समेत अध्यक्ष श्रेष्ठले वताइन ।
यस अघि नेपाल तरुण दल सुनसरी क्षेत्र २ र इटहरी नगर समितिले समेत इलाका प्रहरी कार्यालय र १ नम्बर प्रदेस ट्राफिक प्रहरी कार्यालयलाई मास्क सेनिटाईजर पञ्जा लगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया