इटहरी । कोरोना भाइरसको संक्रमण समुदायमा फैलन थालेपछि उच्च सतरकता अपनाउदै इटहरी उपमहानगरले सम्भावित जोखिम क्षेत्रलाइ हेरेर वार्ड नं ६ र ९ लाइ अर्को निर्णय नहुञ्जेल पुर्ण रूपमा शिल गरिएको छ ।

सोमबार बिहान सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेल सहितको उपस्थितिमा बसेको सर्पक्षीय छलफलले इटहरीको वार्ड नं ६ र ९ लाइ तत्काल शिल गर्ने निर्णय गरिएको हो । भदौ ८ गतेदेखि भदौ १४ गते राती १२ बजे सम्म लागु हुनेगरी दुइवटा वार्डलाइ पुर्ण रूपमा शिल गरिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले बताइन ।

संक्रमण फैलिएको स्थानलाइ मध्यनजर गर्दै उच्च सतरकता अपाउन इटहरीको वार्ड नं ६ र ९ तत्काल शिल गर्ने निर्णय भएको उपमेयर गौतमको भनाइ छ । संक्रमणको दरले इटहरीको ६ र ९ उच्च जोखिममा रहेका वडा हुन। वार्ड नं ६ मा अहिले सम्म १० जनालाइ संक्रमण पुस्टी भइसकेको छ भने वार्ड नं ९ मा ८ जनामा कोरोना पुस्टी भइसकेको छ ।

सम्भावित जोखिमलाइ मध्यनजर गर्दै अहिले नै सचेतना जगाउन दुइवटा वडालाइ शिल गर्ने निर्णय गरिएको इटहरी वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतमले बताए ।

तपाईको प्रतिक्रिया