डा. बिपेश आचार्य 

निर्देशक पुर्वाञ्चल बिश्वबिद्यालय,शिक्षण  अस्पताल  गोठगाउँ ,,सुन्दरहरैंचा

कोरोनाको कहरले विश्व भरीनै तहल्का मच्चिएको यो समय मानव जातिले कहिल्यै पनि बिर्सदैन होला । हरेक सय वर्षमा देखिदै आएका यस्ता माहामारीले अहिले टोल, समाजमा चर्चा बटुलिरहेको छ । अहिले सम्म सुनिएको हरेक सय वर्षमा पुष्टी भएको यस्ता विश्व महामारी सायद अबको केहि वर्ष हरेक टोल, समाज,देशमा चर्चाको विषय बनेको छ । हल्लै हल्ला बाट सुरू भएको यो महामारीले नेपालमा वडा दशै, तिहार, तथा छठ जस्ता चाँड पर्वमा पनि खुसी र उमंग आउने छाँटकाँट देखिदैन ।
कोरोना संक्रमण अनि मृत्युदर दिनानुदिन बढिरहेको यो विषम परिस्थीतिमा चाँड पर्व मनाउनै पर्छ भन्ने छैन तर लकडाउनले गर्दा घर परिवारमा बस्ने मौका पाएका केहि परिवारहरूले बल्ल बल्ल पाएको यो मौका चाँड पर्व नमनाउने त कुरै भएन । यसपालिको दशैमा हो मलाई अलि अनौठो हुनछ कि भन्ने लगिरहेको छ ।
हाम्रा माननीयहरूले टिका लगाइदिएपछि सबैले आ आफैनो घरमा टिका लगाउने गरेका बडा दशैमा आफन्तजनले हामीलाई ठुलो भएर डाक्टर भएस्, इन्जिनियर भएस्, भनेर आशिर्वाद दिएको थाहा नै होला । हामी पनि मामा घरमा मलाइ त यसो भनेर आशिर्वाद दिए भनेर फुर्रङ्ग हुन्छौ । र पछि गएर डाक्टर नै बन्छौ भनेर लक्ष्य पनि निर्धारणा गर्छौ । तपाइलाई थाहा छ डक्टर बन्न एउटा विद्यार्थीको आधा जीवन त मिहेनत र संङर्ष गरेर नै बित्छ । तर अहिले हेर्नेहो भने नेपालमा मात्रै हैन विश्वमै चिकित्सक पेसाको कदर दिनानुदिन घट्दै गइरहेको छ । दिनरात विरामिको सेवा गर्ने चिकित्सक प्रतिको व्यवहार अमर्यादित बन्दै गइरहेको छ । अस्पताल तोडफोड गर्ने, चिकत्सक लाइ मारपिट गर्ने घटना संधै जसो सुन्न अनि पढ्न पाइन्छ । झन् यो कोरोना विश्वमहामारिले त हाम्रो समाजमा प्रत्येका स्वस्थ्यकर्मी त्यसमा पनि चिकित्सक नै एउटा कोरोना भाइरस हो कि जस्तो गरी व्यवहार गर्छ । यस्तो देख्दा त यो पेसामा आउने भुल किन गरेछु भनेर कैयौ चिकित्सकहरू पछुताइरहेका छन् । आमा बुबाले पनि आफ्नो छोराछोरी लाइ डाक्टर भएस् भनेर किन आशिर्वाद दिएछु भनेर पछुताइरहेका छन् होला । सबै पेशाको आ आफ्नो महत्व हुन्छ । सबै पेसाको सम्मान गरौ, सोँच बदलौँ, मानव बनौँ, यस कोरोना महामारी बाट आफु पनि बचौँ अरूलाइ पनि बचा औं, कोरोना भाइरसलाई जुटेर हैन छुट्टिएर परास्त गरौँ ।

तपाईको प्रतिक्रिया