इटहरी/ कोरोनाको जोखिम बढेको भन्दै जिलला प्रसासन कार्यालय सुनसरीले  सुनसरीमा जिल्लामा निषेधाज्ञा जारी गरेपछि ताजा हरियो तरकारीको भाउ अकासिन थालेको छ ।बजारमा नै प्राय सबैखालका तरकारीको मूल्यमा वृद्धि भएको हो । यसअघि सरकारले ११ चैतदेखि लकडाउन गर्दा पनि तरकारी र खाद्यान्नको मूल्यवृद्धि भएको थियो ।निषेधाज्ञा भएपछि  बजारमा एक्कासि तरकारी र फलफूलको भाउ अकासिएको छ । तरकारी र फलफूलको भाउ बढेसँगै उपभोक्ताले तरकारी किनेर छाक टार्न मुस्किल भइरहेको गुनासो गर्न थालेका छन् । आपूर्ति व्यवस्था सहज बनाउने कुनै योजनाविनै सरकारले लकडाउन र निषेधाज्ञाजस्ता आवतजावतमा कडाइ गर्ने व्यवस्था लागू गर्दा उपभोक्ताहरू बारम्बार महँगीको मारमा पर्न थालेका हुन् । आम्दानी खुम्चिरहेका वेला महँगी बढेर झन् समस्या भइरहेको उपभाेक्ताकाे भनाइ छ ।

इटहरीमा  हरियो ताजा तरकारीको भाउ निकै बढेको छ । सामान्य अवस्थामा इटहरीमा दैनिक ५० हजार किलो तरकारी आयात हुने गरेको छ । तर,आपूर्ति नै घटेका कारण पनि मूल्यमा असर परेको व्यवसायी बताउछन ।  निषेधाज्ञालगत्तै दैनिक उपभोग्य खाद्यान्नको मूल्यमा समेत चाप पर्न थालेको छ ।बजारमा तरकारीको भाउ कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा सेवाग्राहीलाई जानकारी छैन । खुद्रा व्यापारीले होलसेलमै तरकारी र फलफूलको मूल्य वृद्धि भएको भन्दै महँगो मूल्यमा बिक्री गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया