धरान : धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरान-८ का अर्का कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार धरान-८ निवासी ६८ वर्षीय पुरुषको अहिले साँझ ६:३५ मा मृत्यु भएको हो ।

उनी बीपीमा पहिलो प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने संक्रमित व्यक्ति हुन् । उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह श्र्वास प्रश्र्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो ।
मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए ।यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 

तपाईको प्रतिक्रिया