आइतबार पीसीआर परीक्षण आठ हजारमा झरेको छ। आइतबार आठ हजार २६ जनाको मात्रै पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा प्रयोगशालाको रिपोर्टमा प्राविधिक समस्या देखिएकाले कोरोना नतिजा सार्वजनिक नगरिएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले भरत चितवन, हेटौडा, त्रिवि शिक्षण अस्पताल काठमाडौं र विरेन्द्र सैनिक अस्पतालको पीसीआर रिपोर्ट सार्वजनिक नगरिएको बताए। तर, संक्रमण भने शनिबार भन्दा बढी देखिएको छ।

 

तपाईको प्रतिक्रिया