नेपालमा कोरोना भाइरसबाट आइतबार थप ३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १४९ जना पुगेको छ । यसअघि शनिबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १४६ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

आइतबारमात्रै थप ८१८ जना कोरोनाका बिरामी थपिएका छन् । अहिलेसम्म कोरोनाबाट ३१ हजार ९३५ जना संक्रमित भएका छन। हालसम्म उपचार गरेर १८ हजार ६३१ जना निको भएका छन् । काठमाडौं उपत्यकामा १६६ जना बिरामी थपिएका छन् ।

तपाईको प्रतिक्रिया