- शुनिता कोईराला

हरपल नदि बगीरहन्छ ,म किनारामा बसी तरंग हेर्छु
निसास्सिने शहरी जीवनबाट टाढा बसी लामो सास फेर्छु ।

मासिँदै गए जंगल खोला नाला अनि तालहरु
यो आधुनिकताबाट म टाढा नै रहन्छु बरु ।

प्रदुषणले ग्रस्त हाम्रो शहर बरु छाडिदिन्छु
शुन्दर हरियाली स्वस्छ हावा गाउँ घरमै रमाउँछु ।

दुषित खाना, दुषित पानी दुषित नै छ सोच
स्वच्छ शहर बनाउन कस्ले लाउँछ रोक
कोयली र गौँथलीले बनमा गाउँछन गीत
प्रकृतिका उपहार नसा नसामा
धानका बाला झुले हरुजुर गरागरामा ।

छङछङ गर्दै छहरा बगीरहन्छ,
मुस्कुराउँदै चट्टान पनि अडिरहन्छ
खोला नाला पहाड झलमल पार्ने हिमाल
प्रकृतिको देश हो यो सगरमाथा विशाल ।

शुनिता कोईराला

तपाईको प्रतिक्रिया