वीरगञ्ज – वीरगञ्जको कोरोना अस्थायी विशेष अस्पतालमा उपचार गराइरहेका दुई जना संक्रमित थुनुवा फरार भएका छन्।

शनिबार राति अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचाररत दुई जना संक्रमित थुनुवा फरार भएका हुन्।

संक्रमण देखिएपछि उपचारको लागि भर्ना भएका उनीहरु अस्पतालका स्वास्थ्यकर्मी सुरक्षा गार्डको आँखा छल्दै फरार भएका हुन्।

कोरोना विशेष अस्पतालबाट संक्रमित थुनुवाहरु फरार भएको बारेमा जानकारी प्राप्त भएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।

उनले फरार भएका संक्रमित थुनुवाहरुको खोजी तथा यसबारेमा अनुसन्धान जारी रहेको बताए।

तपाईको प्रतिक्रिया