• तेजबहादुर बन 

इटहरी । एउटै परिवारका ६ जना सदस्य सहित १२ जनामा कोरोना संक्रमण पुस्टि भएपनि सुन्दर हरैचाको ३ वटा वार्ड तत्काल शिल गर्ने निर्णय भएको छ । आइतबार ४ नं वडा कार्यालयमा बसेको जनप्रतिनिधि लगायत सर्वपक्षीय भेलाले सुन्दरहरैचाको वार्ड नं ४ , ५ र ६लाइ तत्काल शिल गर्ने निर्णय गरेको हो ।

भदौ ८ गते बिहान ४ बजेबाट भदौ १२ गते राती १२ बजे सम्म लागु हुनेगरी ५ दिन सम्मलाइ सो वार्डहरू पुर्ण रूपमा शिल गर्ने निर्णय गरिएको वार्ड नं ४का अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताए ।

सो अवधिभर अतिआवस्यक बाहेकको सबै सेवाहरू बन्द गर्न सबैलाइ माइकिङ सहित सुचना जारी गरिएको जनाइएको छ । शिल गरिएका सुन्दरहरैचाका वार्डहर मध्ये ४ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन । ४ नंमा एकै परिवारका ६ जनामा कोरोना पुस्टि भएको थीयो । एक सशस्त्र प्रहरी हवलदार , ४ वर्षिय बालक र ६५ वर्षिय ज्येष्ठ नागरिक सहित एकै परिवारका ६ जनामा कोरोना पुस्टी भएको थीयो । त्यो संगै वार्ड नं ४ मा कुल संक्रमितहरूको संख्या १० पुगेको हो ।

त्यस्तै वार्ड नं ५ मा अहिले सम्म १ जना र ६ मा १ जना गरी कुल १२ जनामा कोरोना पुस्टी भइसकेको छ । संक्रमणलाइ थप फैलन नदिन गाउमा उच्च सतरकता अपनाउदै तिन वटा वार्डहरू तत्काल शिल गरिएको ४ नं वडाका वडाध्यक्ष श्रेष्ठले बताए । यता शनिबार साझ सम्म आइपुग्दा सुन्दरहरैचा नगरपालीका क्षेत्रमा कोरोनाबाट संक्रमित  हुनेहरूको संख्या ३४ पुगेको छ ।

तपाईको प्रतिक्रिया