• तेजबहादुर बन 

इटहरी । समुदाय स्तरमा फैलिएकाे काेराेनाले इटहरीमा पकड जमाउदै गएपछि स्वास्थ्यकर्मि देखि प्रहरी कार्यालय सम्म प्रभावित बनेकाे छ । इलाका प्रहरी कार्यालय इटहरीमा हाल सम्म १० जना प्रहरीमा काेराेना संक्रमण पुस्टी भइसकेकाे छ । कुल ७४ जना प्रहरी संख्या रहेकाे इटहरीमा १० जनालाइ काेराेना पुस्टी भएसंगै घटेर ६४ मा पुगिसकेकाे छ । याे क्रम अझै बढन सक्ने अनुमान लगाइएकाे छ । दैनिक प्रहरी कार्यालयभित्र रहेका प्रहरीहरूमा काेराेना पुस्टी हुन थालेपछि प्रहरीले दिने सुरक्षा सेवा प्रभावित बनेकाे छ ।

इटहरीमा हाल सम्म ७८ जनामा संक्रमण पुस्टी भइसकेकाे छ । इटहरी अस्पतालकाे  प्रयोगशालामा कार्यरत एकजना कर्मचारी र एक जना बिरामी सहित शनिबार एकै दिन १४ जनामा काेराेना पाेजेटिभ देखिएपछि संक्रमितकाे संख्या ७८ पुगेकाे हाे जसमा  इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत ५ प्रहरी जवान पनि परेका छन ।

काेराेनाकाे समयमा पनि जाेखिम माेलेर काम गर्न बाध्य बनेकाे इलाका प्रहरी कार्यालय इटहरीमा अहिले १० जना प्रहरीकाे संख्या घटेकाे छ । याे संख्या घटनुले प्रहरीभित्र चुनाैति पनि थपिदै गएकाे छ । कुल एक लाख ४६ हजार बढी जनसंख्या रहेकाे इटहरी उपमहानगरमा ७४ जना प्रहरीले सुरक्षा प्रदान गर्दै अाएकाेमा अब संख्या घटदै गएपछि चुनाैति थपिएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानप्रशाद  श्रेष्ठले बताए ।

काेराेना पुटी भएका १० प्रहरीमध्ये ८ जनाकाे माेरङकाे गाेठगाउस्थित पूर्वाञ्चल बिश्व बिद्यालय अन्तरगत अाइसाेलेसन वार्डमा उपचार भइरहेकाे छ भने २ जना हाेम अाइसाेलेसनमा रहेका छन । काेराेना पुष्टी भएकाहरू सबै प्रहरी जवान रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । १० जना प्रहरीकाे संख्या घटेसंगै अहिले सिअारभिमा पनि कम संख्या राखेर डयुटीमा खटाउनु पर्ने अवस्था अाएकाे प्रहरी कार्यालयले जनाएकाे छ । सुरक्षा जस्ताे संवेदनसिल क्षेत्र प्रभावित त छ नै नियमित ड्युटी पनि अहिले प्रभावित भइरहेकाे प्रहरी निरिक्षक मान प्रशाद श्रेष्ठ बताउछन ।

अहिले सम्म इलाका प्रहरी कार्यालयकाे ४ जना थुनुवाहरूलाइ पनि काेराेना पुस्टी भइसकेकाे छ । प्रहरी कार्यालय भित्र काेराेना देखिएपछि जाेखिम झन बढेकाे तर अग्रपंतिमा रहेर काम गर्नुपर्ने बाध्यता पनि रहेकाेले जाेखिमलाइ चुनाैति सम्झेर सामना गृनुपर्ने अवस्था रहेकाे प्रहरी निरिक्षक मानप्रशाद श्रेष्ठ बताउछन ।

तपाईको प्रतिक्रिया