इटहरी/ इटहरीमा आज एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।ईलाका प्रहरी कार्यालय इटहरीका ५ जना प्रहरी सहित आज एकैदिन इटहरीमा थप १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।ईलाका प्रहरी कार्यालयका ५ जना, वडा नं. ९ का ५ जना, वडा नं. १२ का २ जना, वडा नं. १४ र ६ का एक–एक जना रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ ।जसमध्ये २५ जना निको भइसकेका छन् भने होम आइसोलेसनमा ४२ जना रहेका छन् ।अस्पतालमा उपचाररत ११ जना रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया