इटहरी, इटहरीमा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भदौ २ गते स्वाब संकलन गरी पठाएकोमा पाँच जना र ३ गते पठाएको मध्ये तीन जना गरि जम्मा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितहरु इटहरी वार्ड नं ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाको १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाको १ जना महिला र १४ नं वडाको १ जना पुरुष रहेको इटहरी उपमहानगरपालिकाका सञ्चार संयोजक लिलाराज भट्टराईले जानकारी दिए ।

यो सँगै इटहरीमा जम्मा संक्रमितको संख्या ७२ पुगेको छ ।

तपाईको प्रतिक्रिया