इटहरी । बन्धन सिमेन्टले नेपालमै पहिलो पटक स्लोगन प्रतियोगीता आयोजना गरेको छ । नेपाल अल्ट्राटेक सिमेन्ट प्रा. लि. को उत्पादन बन्धन सिमेन्टले पुरस्कार सहितको स्लोगन प्रतियोगिता सञ्चान गरेको हो ।

प्रतियोगितामा एक हजार जनाले पठाएको स्लोगनबाट ८० वटा स्लोगन छनोट गरि प्रतिष्पर्धाका लागि छानिएको बन्धन सिमेन्टका ब्राण्ड म्यानेजर अर्जुन पौडेलले जानकारी दिए ।

बन्धन सिमेन्टको फेसबुक पेजमार्फत् सञ्चालन भइरहेको स्लोगन लेखन प्रतियोगितालाई अनौठो र रोचक प्रतियोगिताको रुपमा हेरिएको छ । बन्धन सिमेन्टको बारेमा बनाउन भनिएको स्लोगनमा सहभागिहरु सबैले मेहेनत गरेर उत्कृष्ठ सृजना गरेको पौडेलले जानकारी दिए ।

उनका अनुसारी छानिएका ८० वटाको स्लोगन फेसबुक पेजमा राखिएको छ । त्यसमा आएको लाइक र कमेन्टका आधारमा विजेता घोषित गरी पुरस्कृत गरिनेछ । प्रतियोगीतामा प्रथम हुनेले ३२ इन्च एलइडी टिभी पाउनेछन् । यस्तै दोस्रो विजेताले होम थिएटर साउण्ड सिस्टम र तेस्रो विजेताले कफी मेकर पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

बन्धन सिमेन्ट एक सामाजिक उत्तर दाहित्व बहन गर्दै आफ्नो गुणस्तरप्रति विस्वास राख्ने ब्राण्डको रुपमा स्थापित सिमेन्ट भएको पौडेलले बताए । त्यसै कारण ग्राहकहरुको विस्वास र आफुहरु प्रति गरेको भरोसालाइ भावनात्मक सम्बन्धको रुपमा विकास गर्नका निम्ति ‘बन्धन सिमेन्ट तपाइको ब्राण्ड अब तपाइकै स्लोगन’ नाम दिएर प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाइ छ ।

आगामी दिनमा पनि प्रतियोगितालाइ निरन्तरता दिने उनको भनाइ छ । स्लोगन प्रतियोगिताको विजेताको घोषणा भदौ १० गते बन्धन सिमेन्टको फेसबुक पेजमार्फत् गरिने पौडेलले बताए । बन्धन सिमेन्टले यो भन्दा अगाडी पनि फोटो प्रतियोताको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया