इटहरी । कुखुरालाई रोग नलागोस भनेर लगाइएको भ्याक्सिनका कारण उल्टै कुखुरा मर्न थालेपछि मोरगं बुढीगंगा गाउँपालिका ७ की किसान सिखा साह परिवार कसरी चलाउने भनेर चिन्तीत बन्न थालेकी छन । स्थानीय एक इटा उद्योगमा क्यान्टिन चलाउदै आएकी साह कोरोना संत्रास बढ्न थालेपछि परिवार चलाउनकै लागि कुखुरा पालन तर्फ लागेकी साहले पालेका कुखुरा १९ दिन भएपछि भ्याक्सिन दिएपछि कुखुरा मर्न थालेपछि उनी चिन्तीत बनेकी हुन ।

कुखुरालाई इटहरीको अनुपमा भेटेरिनरी औषधि पसलबाट भ्याक्सिन ल्याएर लगाएपछि मर्न थालेको सिखाले गुनासो गरेकी छन ।

भेटेरिनरीले म्याद गुज्रिएको भ्याक्सिन लगाइदिएको कारण आफना कुखुराहरु मर्न थालेको साहले दुखेसो पोखेकी छिन । म्याद गुज्रिएको भ्याक्सिनका कारण आफना कुखुरा मरेको थाहा पाएपछि भेटेरिनरी सञ्चालकलाई भन्दा आफुहरुलाई डेड लाख रुपौया राहत दिने भनेको तर आफनो ४ लाख भन्दा बढी लागत लागि सकेको समेत उनले वताइन ।
भ्याक्सिन लगाएपछि सय जती कुखुरा मरी सकेको तथा अन्य मर्ने क्रममा रहेको कुखुरा पालक किसानले गुनासो गरेकी छन । यता म्याद गुज्रिएको औषधि भुलबस परेको भेटेरिनरीका प्राविधिकले टेलिफोनमा स्वीकारेका छन । कुखुरा दैनिक मर्न थालेपछि सुनसरीको इनरुवामा पशुको स्वास्थ्यकर्मीसंग पुग्दा अधिक औषधिको प्रयोगका कारण कुखुरा मरेका जानकारी पाएको पिडित किसानले वताएकी छन ।

तपाईको प्रतिक्रिया