रौतहटमा गोली हानी पुजारीको हत्या गरिएको विषयलाई लिएर सुनसरीमा ज्ञापन पत्र बुझाइएको छ ।

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

अहिले गोली हान्ने व्यक्ति फरार छन्। माधवनारायण–२ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाए पनि हत्यारा अझै पत्ता नलागेको बिषयलाई लिएको आज ज्ञापन पत्र बुझाएको हो ।

वृहत सनातन महासंघ (प्रस्तावित) ले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुगेर आज ज्ञापन पत्र बुझाएको हो । संयोजक युवा सन्त श्रीनिवासाचार्यले पुजारी हत्या घटनाको बिरोध सहितको ज्ञापन पत्र प्रजिअ फणिन्द्रमणि पोखरेल समक्ष बुझाउनु भएको हो । ज्ञापन पत्रमा धर्ममाथिको प्रहार सहयै नहुने बताइएको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी उपर कडा कार्वाही हुनुपर्ने वृहत सनातन महासंघ (प्रस्तावित) को ज्ञापन पत्रमा उल्लेख छ ।

त्यसैगरी ज्ञापन पत्रमा भनिएको छ , ‘धर्म गुरु, धार्मिक व्यक्तित्व र अनुयायीहरुको सुरक्षाको सवालमा सरकार गम्भिर हुन आवश्यक छ । सबैले निर्धक्क भएर बाँच्न र जीवनयापन गर्न पाउनु पर्छ ।

 

तपाईको प्रतिक्रिया