इटहरी, इटहरी उपमहानगरपालिका बाट गत श्रावण ३० गते संकलन गरिएको स्वाब धरानको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट हराएको छ । इटहरीबाट संकलन गरिएको १ सय २५ जनाको स्वाब हराएको हो । कोरोनाको संक्रमणको दर दैनीक रुपमा वढीरहेको अवस्थामा इटहरी उपमहाननगरपालीकाको स्वास्य शाखा र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को लापरवाहीले स्वाव हराएको छ । यसरी सर्वसाधरणको स्वाब अस्पतालमा नै हराउदा यसको जिम्वेबारी लिने निकाय भने एक अर्का प्रति दोष लगाउदै ठिक्क छन् ।
यसरी संकलन गरिएका स्वाब हराउदाँ कोरोना सक्रमण को आशंका गरीएका मानीसहरुमा मानीसीक तनाव बढेको छ । हाल वि.पि. पतिष्ठान स्वाव संकलन गर्ने स्थान परिर्वतन गरेको तर उक्त खबरको जानकारी चालक लाई नभएको हुनाले संकलन गरिएको स्वाब कसैलाई जानकारी नै नगराई पुरानै स्थानमा राखिएको हुनाले सो स्वाब हराएको इटहरीका स्वास्थ्य शाखाको कर्मचारी बताउछन ।
संकलन गरिएको स्वाब कसैलाई जानकारी नै नगराई पुरानै स्थानमा राखिएको हुनाले सो स्वाब को बारेमा प्रतिष्ठानले जानकारी नपाएको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रबक्ता निर्देश सापकोटाले बताउछन् ।
पिसिआर स्वाब संकलन गरेको ६ दिनमा उक्त स्वाब भेटिएता पनि स्वाब परिक्षण योग्य नभएको कारण पुन स्वाब संकलन गर्नका लागि इटहरी स्वास्थ्य शाखा लाई जानकारी गराएका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया