इटहरी । तिजका मनाउने खर्च कटौती गरी अपागंता भएका बालवालिकाहरुलाई इटहरीमा रोटरी क्लव अफ इटहरीका महिला सदस्यहरुले सहयोगी सामाग्री लगायत उपलव्ध गराएको छ ।
नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको अवसरमा तिज कार्यक्रमको आयोजना गरी रमाइलो गरेर मनाउदै आएकोमा यस वर्ष लकडाउनका कारण समस्यामा परेकाहरु लाईकेही सहयोग पुगोस् भन्ने उद्धश्यले इटहरीमा रहेका केही स्थानका अपागंता भएका बालबालिकाहरुलाई सहयोगी समाग्रीका साथै खाद्यन्न र नगद सहयोग गरिएको हो ।
रोटरी क्लव अफ इटहरी आवद्ध महिला सदस्यहरुको सहयोगमा इटहरी क्षेत्रका तीन जना अपागंता भएका बालबालिकालाई कम्बटचेयर , खाद्यान्न लगायतका सामाग्रीहरु तिजका अवसरमा प्रदान गरिएको जनाइएको छ । इटहरी २ हवाइ चौककी सलिना रिजाल , वडा नम्बर ८की चण्डिका पौडेल र वडा नम्बर ३ खोर्साने खापकी विपीसा धिमाललाई सहयोगी सामाग्री सहित खाद्यान्न सहयोग गरिएको रोटरी क्लव अफ इटहरीकी अध्यक्ष बिजु बैनी श्रेष्ठले जानकारी दिइन । कोरोना कहरका कारण सामुहिक रुपमा भेला भएर तिज मनाउन नपाउने तथा बालबालिकाहरुलाई सहयोग गर्ने योजना अनुसार सहयोग उपलव्ध गराएको समेत अध्यक्ष श्रेष्ठले वताइन ।

तपाईको प्रतिक्रिया