विराटनगर/ विराटनगरमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अस्पतालमा आइसोलेसन शैय्या नपाएपछि घरकै आइसोलेशनमा बसेका विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय पुरुषको ज्यान गएको वडाध्यक्ष विजय कामतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उच्च रक्तचाप र मधुमेह रोग समेत भएका पुरुषको गएराति आठ बजे ज्यान गएको हो। विराटनगरमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ जनाको ज्यान गैसकेको छ ।

तपाईको प्रतिक्रिया