नेपालमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

तपाईको प्रतिक्रिया