इटहरी । समुदायमा कोरोना संक्रमण फैलिएपछि उच्च सतरकता अपनाउदै इटहरी उपमहानगर ९ स्थित अस्पताल टोल र आसपासका क्षेत्रहरूमा स्थानीयहरूले सेनिटाइज गर्ने तयारी थालेका छन ।

अस्पताल टोल बिकास समितिको हालै बसेको बैठकले आफ्नो गाउलाइ संक्रमण फैलनबाट जोगाउन गत भदौ ५ गते इटहरी ९ वार्डका सबै टोलहरूमा अत्याधुनिक प्रविधिद्वारा सेनिटाइज गर्ने तयारी भएको हो ।

त्यसको लागि इटहरी उपमहानगरलाइ आवस्यक सल्लाह सुझाव माग गरिएको छ ।  स्थानीयवासी र टोलबिकास संस्थाका पदाधिकारीहरूकै सकृियतामा इटहरी ९ स्थित कोरोना संक्रमण भेटिएको गाउ र मुख्य स्थानहरूमा सेनिटाइज गर्ने अस्पताल टोल बिकास संस्थाका अध्यक्ष बिजय केसीले बताए । Let’s Fight Against Corona भन्ने उदेश्य सहित यो अभियान सुरु गरीएको केसीले बताएका छन् ।

गाउमा कोरोना संक्रमणको जोखिम बढदै गएपछि स्थानीयहरूको सल्लाहमा थोरै रकम उठाएर संक्रमित बसेको स्थान र ९ नं वार्डका मुख्य स्थानहरूमा (सोडीयम हाइड्रोक्लोराइड) द्वारा सेनिटाइज गर्ने निर्णय भएको टोल बिकास समितिका अध्यक्ष केसीले बताए ।

हाल इटहरी ९ मा तिन जना कोरोना संक्रमित रहेका छन । उनिहरूको होम आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया