अछाम क्षेत्र नम्बर २ का सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा बसेका छन्।

गत साउन ३० गते गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको हो। उनले आफूमा संक्रमण पुष्टि भएपनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताएका छन्।

नेकपाका महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि सांसद र उनका पीएले पनि स्वाब परीक्षण गराएका थिए।

 

तपाईको प्रतिक्रिया