तेजबहादुर बन

इटहरी । समुदायमा काेराेना संक्रमण फैलिएपछि उच्च सतरकता अपनाउदै इटहरी उपमहानगर ९ स्थित अस्पताल टाेल र अासपासका क्षेत्रहरूमा स्थानीयहरूले सेनिटाइज गर्ने तयारी थालेका छन ।

अस्पताल टाेल बिकास समितिकाे हालै बसेकाे बैठकले अाफ्नाे गाउलाइ संक्रमण फैलनबाट जाेगाउन गत भदाै ५ गते इटहरी ९ वार्डका सबै टाेलहरूमा अत्याधुनिक प्रविधिद्वारा सेनिटाइज गर्ने तयारी भएकाे हाे ।

त्यसकाे लागि इटहरी उपमहानगरलाइ अावस्यक सल्लाह सुझाव माग गरिएकाे छ ।  स्थानीयवासी र टाेलबिकास संस्थाका पदाधिकारीहरूकै सकृियतामा इटहरी ९ स्थित काेराेना संक्रमण भेटिएकाे गाउ र मुख्य स्थानहरूमा सेनिटाइज गर्ने अस्पताल टाेल बिकास संस्थाका अध्यक्ष बिजय केसीले बताए ।

गाउमा काेराेना संक्रमणकाे जाेखिम बढदै गएपछि स्थानीयहरूकाे सल्लाहमा थाेरै रकम उठाएर संक्रमित बसेकाे स्थान र ९ नं वार्डका मुख्य स्थानहरूमा (साेडीयम हाइड्राेक्लाेराइड )द्वारा सेनिटाइज गर्ने निर्णय भएकाे टाेल बिकास समितिका अध्यक्ष केसीले बताए ।

हाल इटहरी ९ मा तिन जना काेराेना संक्रमित रहेका छन । उनिहरूकाे हाेम अाइसाेलेसनमा उपचार भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया