इटहरी/ इटहरी उपमहानगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । श्रावण ३२ स्वाब संकलन गरेका मध्यमा ७ जनाको रिपोर्ट आउन वाकि रहेको थियो जसमा आज ४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पोजेटिभ मध्ये १ जना वडा नं ४ का २५ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालयमा कार्यरल १ प्रहरी र इलाका प्रहरी कार्यालय भित्र रहेका २ जना थुनुवामा समेत कोरोना पुष्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखा इन्चार्ज रामकुमार धमलाले जानकारी दिएका छन् । । यो संगै ईटहरीमा कोभिड १९ सक्रमितको संख्या जम्मा ५९ पुग्गेको छ ।
अन्यको विवरण प्राप्त हुन वाकि रहेको छ ।

तपाईको प्रतिक्रिया