विराटचोक / मोरङको सुन्दरहरैंचा नगरपालिकाका स्थित प्रमुख प्रशासकीय अधिकृतलाइ काेराेना संक्रमण पुस्टी भएकाे छ ।  विराटनगर घर भएका उनी अघिल्लो महिना धनुषाको जनकपुरधाम उपमहानगरपालिकाबाट सरुवा भई सुन्दरहरैंचामा आएका थिए ।

उनीलगायत नगरपालिकाका ५९ जना कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पठाइए पनि बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका कर्मचारी भीम चौधरीले बताए ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी परीक्षण गर्ने तयारी भएको पनि उनले जानकारी दिए । उनीसहित आज सुन्दरहरैंचाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया