• तेजबहादुर बन

इटहरी । सुनसरीको भोक्राहा गाउपालिका ७ निवासी गुणराज यादवको हत्यामा संलग्न ५ जनालाइ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

साथीहरूसंग घुम्न भनि निस्किएका यादवको गत साउन २९ गते सुनसरीको भोक्राहा गाउपालीका अन्तरगत सुनसरी खोलाको किनारमा बोराभीत्र शव भेटिएको थीयो ।

प्रहरीले अनुशन्धान गर्दा उनको हत्या साथिहरूबाटै भएको पुस्टि भएको छ । प्रहरीले हत्यामा संलग्न ५ जनालाइ साउन ३० गते भोक्राहा ७ का स्थानीय इन्द्रजीत यादवको घरदेखि ३०० मिटर पर रहेको घन्सीवारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा भोक्राहा गाउपालीका ७ का पप्पु राम , दिपक यादव , प्रदिप राम ,शिव कुमार मेहता , र दिनेस मेहता रहेका छन । हत्यामा संलग्न प्रदिप , पप्पु र दिपकले हात खुट्टा बाधेर पटक पटक बासले टाउकोमा हिृकाएको र मृत्यु भइसकेपछि नजिकै रहेको गोरु गाडामा वाधिएको नाईलन (प्लाष्टिक) को डोरी ल्याई पुनःघाटीमा कसेको अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भोक्राहा नरसिंह ७ मा यादवले तीन महिना अघि  मोबाइल मर्मत पसल खोलेर सञ्चालनमा ल्याएका थीए ।  बिहीबार ४ बजे  पसल बन्द गरेर घर नजिककै साथी सिवु मेहतासँग साइकलमा यादव इनरुवा बजार घुम्न आएका थिए । बजार घुमेर घर फर्कने क्रममा अन्य साथीहरूसंग भेट भएको र उनिहरूसंगै गफ गर्ने भनि निस्किएका यादवलाइ तिनै साथीहरूले हात खुट्टा बाधेर संवेदनशिल अंगमा प्रहार गर्दै बिभत्स हत्या गरेको अनुशन्धानबाट खुलेको छ ।

पक्राउ पाँचै जनाले   मिलेर साथीको हत्या गरेको प्रहरीमा बयान समेत दिएका छन । घटनाबारे थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ पाचैँ जनालाइ जिल्ला अदालत सुनसरीबाट ३ दिनको म्याद थप गरी आवस्यक कार्वाहिकालागि प्रकृिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया