इटहरी । केहि दिन अघि सार्वजनिक भएको इटहरीस्थित जनता बहुमुखि क्याम्पसमा कार्यरत दुइ प्राध्यापकको अडियो क्लिप बारे सत्य तथ्य छानविनको माग गर्दै बिप्लव सम्बद्ध बिद्यार्थी संगठनले कलेज प्रसाशन संग माग गरेको छ ।

केहि दिन अघि सो कलेजमा कार्यरत उप प्रध्यापक राजन भट्टराइ र सहायक प्राध्यापक कृष्णकला राइको एक अडीयो क्लिप बाहिरिएको थीयो । अडियो क्लिपबारे सम्बन्धित निकाय मौन रहेको कारण घटनाको सत्य तथ्य छानबिन माग गर्दै बिप्लव सम्बद्ध बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनीयन ९क्रान्तिकारी०ले मंगलबार एक बिज्ञप्ती जारी गरेको छ ।

उक्त बिज्ञप्तीमा दुवै प्राचार्यको कारण कलेजको नाम खराब भएको र घटनाको दोषि पत्ता लगाइ तत्काल कार्वाहिको दायरामा याउन माग गरिएको छ । घटनाले प्राध्यापक प्रति बिस्वासको बातावरण नरहेको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्राध्यापक जस्तो गरिमामाथी नै प्रश्न चिन्ह खडा हुनेगरी सार्वजनिक अडियो क्लिपबारे संगठनको गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो निन्दनीय घटना हुदा पनि क्याम्पस प्रसाशन चुप बसेको भन्दै संगठनले आफ्नो ध्यानाकर्षण भएको र घटनाबारे यथाशिघ्र छानबिन गरी दोषि उपर कडा कार्वाहिको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया