धनकुटा । कोभिड १९ संक्रमण अबधिभर निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने गरी विरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको धनकुटाको हिलेमा रहेको विजय राज हस्पिल प्रति सेवाग्राहीहरुको आकर्षण बढ्न थालेको छ ।
कोरोना भाइरसको जोखिम दिनप्रतिदिन वढी रहेको समयमा विभिन्न ठाउँका स्वास्थ्य संस्थाहरुले उपचारका लागि आउने विरामीहरुलाई सेवा नदिएको गुनासो बढी रहेको समयमा विजय राज हस्पिटलले दिवा सेवाको ओपिडी सेवामा निःशुल्क गरेपछि सेवाग्राहीहरु आकर्षित बन्न थालेका हुन ।
पहाडी जिल्ला धनकुटाको हिलेमा दक्ष चिकित्सकीय सेवा सहित सञ्चालनमा आएको विजय राज हस्पिटलमा पुर्वी पहाडी जिल्लाहरु तेह्थुम ,भोजपुर , संखुवासभा, धनकुटा लगायतका जिल्लाबाट सेवाग्राहीहरु आउन थालेको हस्पिटलका सञ्चालक विजय कुमार यादवले जानकारी दिनुभयो ।
सेवाग्राहीको पिसावको जटिल समस्याका कारण विभिन्न अस्पतालहरुमा उपचार गराउदै आएकोमा यस हस्पिटलमा भने आफुलाई पिसावको समस्या बाट सहज भएको भोजपुर निवासी ६४ बर्षिय गणेश कुमार श्रेष्ठले बताउनु भयो ।

श्रेष्ठको सफल उपचारपछि उनकी छोरीले धरान विराटनगरमा पाइने स्वास्थ्य सेवा धनकुटामै उपलव्ध हुन थालेकोमा खुसि ब्याक्त गर्नुहुदै आफ्नालागि डाक्टर भगवान भएको बताउनु भयो ।
विजय राज हस्पिटलले बढ्दो मधुमेहका विरामीहरुलाई समेत लक्षित गरि प्रत्येक महिनाको अन्तिम शनिवार मधुमेह रोगको निःशुल्क परिक्षणको व्यवस्था मिलाएको जनाइएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका एमविविएस डाक्टर कविन्द्र मेहता, र डाक्टर निरज कोईरालाबाट दैनिक सेवा प्रदान गर्दै आएको हस्पिटलले जनाएको छ ।

तेह्थुम, भोजपुर, संखुवासभा,धनकुटा लगायतका पहाडी जिल्लाका विरामीहरु उपचारका लागि धरान र विराटनगर जानु पर्ने वाध्यताको अन्त गर्ने लक्ष्य सहित हस्पिटल सञ्चालनमा ल्याएको हस्पिटल सञ्चालक यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया