इटहरी । समुदायमा काेराेना संक्रमण फैलिएपछि जिल्ला प्रसाशन कार्यालय सुनसरीले जिल्लालाइ बन्दाबन्दी गरेकाे अवस्था छ । इटहरी पनि ठप्प रहेकाे सबेलाइ जानकारी नै छ । तर यहि  माैका छाेप्दै केहि व्यवसायीहरू भने मालामाल बन्ने दाउमा लागि परेका छन ।

लकडाउनकै बेला राजमार्ग सुनसान भएकाे अवस्थामा इटहरी प्रहरीले रू पाँच लाख मुल्य बराबरकाे अवैत्र सुर्ति सहित २ वटा टेम्पाे बरामद गर्न सफल भएकाे छ । इटहरी उपमहानगर वार्ड नं ७ बज्राहाबाट इलाका प्रहरी कार्यालय इटहरीले साेमबार बिहान ४ बजे लुकिछिपि बिक्री गर्नकालागि ल्याइएकाे ११ बाेरा ( २७५ किलाे ) अवैध सुर्ति बरामद गरेकाे हाे । सुनसान राजमार्गमा टेम्पाे राेकिराखेकाे देखेर शंका उत्पन्न भइ चेकजाच गर्दा साे परिमाणकाे अवैध सुर्ती बरामद भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

इटहरीकाे मुख्य चाैकमा प्रहरीले चेकिङ कडाइ बनाएपछि भित्रिबाटाे हुदै गाउ सम्म पुर्याउने उद्येश्यले बिक्रिकालागि लाने क्रममा सुर्ति बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीले सुराकि पाएकाे पत्ताे पाएपछि टेम्पाे चालक फरार रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

प्रहरीले सुर्ति सहित काे २ ह २३८६ र काे १ ह ८५६२ नंकाे टेम्पाे समेत बरामद गरेकाे छ । बरामद गरिएकाे अवैध सुति र २ टेम्पाेलाइ भन्सार कार्यालय सुनसरीलाइ बुझाइएकाे प्रहरीले जानकारी दिएकाे छ ।

 

तपाईको प्रतिक्रिया