भोजपुर / हाल कोरोना भाइरस कोभिड – १९ विश्वलाई नै एउटा ठुलो चुनौति दिइ रहदा यसबाट नेपाल समेत अछुतो रहन सकेको छैन । हाल यसै भाइरस बाट विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख भन्दा बढि भैसकेको छ भने नेपालमा समेत दैनिक मृत्युदर बढेर गहिरहेको छ ।
यस्तो अवस्था नेपालको भोजपुर जिल्ला स्थिति आमचोक गाउँपालिकालाई समेत देखिन सक्ने भएकाले यस रोगबाट बाच्न महुलि लघुवित्त वितिय संस्था लि शाखा कार्यलय बालंखाको विशेष पहलमा सदावहार मिडिया प्रालिको आर्थिक सहयोगमा एक हजार पिस माक्स गापा अध्यक्ष ज्यु लाई हस्तान्तरण गरिएको छ ।
सोही माक्स हस्तान्तरण गर्ने क्रममा महुलि लघुवित्तका शाखा प्रवन्धक टोकनाथ न्यौपाने ज्युले हाल विश्व मानवनै एकातर्फ तथा कोरोना भाइरस अर्को तर्फ भै तेस्रो विश्व युद्ध चलिरहेको अवस्था छ यस्तो अवस्थामा हामी हिजोकै जस्तो सामान्य अवस्थामा फर्कन निकै समय लाग्ने प्रष्ट भएको छ । यसले तेस्रो विश्व युद्धमा यस आमचोक बासिलाइ केही नहोस् भनि हामिले समन्वय गरि एक हजार पिस माक्स उपलब्ध गराउन सफल भएको तथा भोलिका दिनमा हाम्रो तर्फ बाट थप सहयोग उपलब्ध गराउने बताउनु भएको छ ।
उक्त माक्स बितरण कार्यक्रममा यसै गाउँ पालिका अध्यक्ष अशोक राई , प्रमुख प्रसासकिय अधिकृत एम कुमार उपरकोटि , स्वास्थ्य शाखा प्रमुख मैहिनारायण चौधरी , इलाका प्रहरी कार्यलय बालंखाका प्रमुख सिताराम दराइ तथा शिक्षक संगठन आमचोकका अध्यक्ष मान बहादुर खड्का ज्युको उपस्थितिमा उक्त माक्र्स यसै गापा स्थित् स्वास्थ्य शाखालाइ हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा यसै गापा अध्यक्ष राइले बाहिरी जिल्लाका पत्रकार साथिहरु बाट हाम्रो स्थामा मक्स वितरण गरीदिनु भएकोमा सदावहार मिडिया प्रालि तथा मिटिया नेपाल प्रदेश एका अध्यक्ष विजयकुमार राउत लगायतको टिमलाइ हृदयदेखिनै धन्यवाद ग्यापन गर्नु भएको थियो भने यश माक्र्स वितरण कार्यक्रममा महुलिको समन्वय प्रति महुलि लघुवित्त वितिय संस्था शाखा कार्यलय बालंखा तथा यसै शाखाका शाखा प्रमुख न्यौपाने ज्युलाइ विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा शिक्षक संगठन अध्यक्ष खड्काले समेत बाहिरी जिल्ला बाट हाम्रो ठाउमा आइ हाम्रा हरेक दुखमा काधमा काध मिलाइ अघि बढिरहेको महुलि लघुवित्तले यश ठाउ समस्यामा रहदा त्यस समस्याबाट कतै बिचल्लीत नभइ यस अप्ठ्यारो अवस्थामा समेत सहयोग उपलब्ध गराएकोमा खुसि व्यक्त गर्दै सदावहार मिडियालाइ धन्यवाद दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया