मोरङ,  मोरङको बिराटनगर महानगरपालिका-१४ मा रहेको पोखरीमा डुबेर १६ बर्षीय बालकको मृत्यु भएको छ । आज बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका बिराटनगर महानगरपालिका-१५ का १६ बर्षीय बिशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला पारेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

तपाईको प्रतिक्रिया