इटहरी । कोरोनाका कारण संसारभर दिनप्रतिदिन मृत्यु हुने मानिसहरुको संख्या बढी रहेको छ भने हाल सम्म पनि कोरोना विरुद्धको औषधि उपलव्ध नभईरहेको समयमा कोरोना भाइरसको संक्रमण हुन नदिनु नै उत्तम हुने तर्फ मध्यनजर गर्दै नेपाल तरुण दलले सुनसरीले मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यलाई निरन्तरता दिदै आएको छ ।

कोरोनाबाट बच्नका लागि सामाजिक दुरी कायम गरी मास्क , सेनिटाइजर , पञ्जाको प्रयोगमा विश्व स्वास्थ्य संगठनले समेत जोड दिइरहेको समयमा नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर २ र इटहरी उपमहानगर समितिले स्वास्थ्य सुरक्षा सामाग्री मास्क , सेनिटाइजर , पञ्जा वितरण गर्दै आएको छ ।

मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यलाई निरन्तरता दिदै आएका तरुणले अग्रपंतीमा रहेर शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा खटिने प्रहरीहरुका लागि तरहरा प्रहरी चौकी र इलाका प्रहरी कार्यालय,१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीलाई मास्क , सेनिटाइजर , पन्जा उपलव्ध गराइएको नेपाल तरुण दल सुनसरी क्षेत्र नम्बर २का सभापति जसबहादुर राईले जानकारी दिए ।

मानव स्वास्थ्य सुरक्षाका लागि सुरक्षा सामाग्री वितरण गर्ने कार्यमा तरुण दल महाधिवेशन प्रतिनिधि तेजवहादुर राई , क्षेत्र नम्बर २ उपाध्यक्ष पर्वत रावत , क्षेत्रिय समितिका गंगाबहादुर क्षेष्ठ , राजिव गुरुगं लगायतको महत्वपुर्ण भुमिका रहेको सभापति राईले वताए ।

उनले कोरोनाबाट बच्ने उपाय लगायतका विषयमा जनचेतना सहित स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यलाई निरन्तरता दिदै जाने समेत जानकारी दिए । विपदका समयमा राहत उद्धार लगायतका नेपाल तरुण दल सुनसरीको संक्रियता यस क्षेत्रमा महत्वपुर्ण हुने गरेको छ ।

नेपाल तरण दल सुनसरीका सभापति सिजन गुरुगं चैत्र महिनामा नेपाल सरकारले घोषणा गरेको लकडाउन भन्दा अघि देखि नै विदेशमा रहदै आएपनि उनको पहल र सक्रियता तरुण दल सुनसरीले लकडाउनका समयमा सुनसरीका विभिन्न ठाउँमा खाद्यान्न राहत वितरण गरेको थियो ।

तपाईको प्रतिक्रिया