रौतहटको गरुडा नगरपालिकामा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ । आइतबार बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उक्त शव गरुडा नगरपालिका–८ स्थित जिगडियाटोका १७ वर्षीय निरन्जन राम चमारको रहेको स्थानीयले दावी गरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोका अनुसार ती युवकको गाउँदेखि करीब तीनसय मिटर टाढा शव भेटिएको थियो ।

खबर पाएलगत्तै प्रहरी तत्कालै घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । तालिम प्राप्त कुकुर ल्याएरसमेत अनुसन्धान गरिने डीएसपी महचोले बताए ।

डीएसपी महतोका अनुसार ती युवकको शव धानखेत नजिकै रहेको पानी जमेको जलकुम्भी झारमा फेला परेको थियो ।

तपाईको प्रतिक्रिया