धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । विराटनगर २ की ५० वर्षीय महिलाको गए राति ११ः३० बजे मृत्यू भएको हो ।

विराटनगरको एक स्वास्थ्य संस्थाबाट रेफर गरी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी महिलाको मृत्यु भएको आफूलाई जानकारी आएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

संक्रमित मृत्युको बारेमा भने बीपीले विवरण तयार गरिरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यो सँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।

तपाईको प्रतिक्रिया