धनकुटा । ओझेलमा रहेको मावरक रानिताल पुर्वाधार विकास सँगै केहि महिना अघि मात्र विदेसी पर्यटकहरुको आगमन बढ्न थालेको थियो । यतिबेला भने कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण ओझेलमा परेको छ ।
चौविसे गाउँपालिका वडा नम्वर ६ राजारानि स्थित पर्यटन विकास सहकारी संस्था मार्फत सञ्चालनमा आएको ओझेलमा रहेको मावरक रानिताल भेडेटार राजारानि हुदै रवि राँके सडक विस्तार भए सँगै आन्तरीक तथा बाह्य पर्यटकहरुको चहल पहल बढ्न थालेको थियो ।
भेडेटारबाट करिब दुई घण्टामा पुग्न सकिने एक नम्वर प्रदेश कै पर्यटकीय क्षेत्रको सम्भावना बोकेको रानिताल अत्यन्तै सुन्दर र आर्कषक रहेकाले पर्यटकहरुको मन लोभ्याउन सफल भएको छ ।
निजि जग्गामा ताल रहेकाले उक्त तालको विगतका दिनहरुमा विकास हुन सकिरहेको थिएन भरखरै मात्र भौतिक पुर्वाधारको विकास सँगै रानितालमा चहलपहल बढ्न थालेको थियो ।
प्रदेश नम्वर एक कै गहनाका रुपमा विकास हुदै गरेको रानिताल कोरोना भाईरस संक्रमणका कारण लकडाउन हुदा पर्यटकीय क्षेत्रमा भएको समस्या समाधान नहुदा सरकारले लिएको निति र नियम कायम गर्दै सामाजिक दुरीको आधारमा चले पनि जनताको सुख सुविधा र आर्थिक संमृद्धिमा ठुलो घाटा पुगेको संघिय सांसद राजेन्द्र कुमार राईको भनाई छ ।
लिम्बु भाषाको मावरक शब्द भनेको नेपालि भाषामा रानिताल र पारक भनेको राजाताल भनेको हुदा यस ताललाई राजारानि ताल भन्ने गरिएको किवदन्ती रहेको पाईन्छ । यस क्षेत्रमा परापुर्व कालमा राजा र रानिहरु आएर बस्ने, घुम्ने गरेकाले यो ताल रानि तालको नामले चिनिएको हो ।
पर्यटन विकासको पहिलो खुट्किलोका रुपमा रहेको रानि ताललगायतका पर्यटकीय पुर्वाधार लकडाउनका कारण ओझेलमा रहदा आर्थिक उत्पादन समेत तल रहेको चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई बताउनु हुन्छ ।
चैविसे गाउँपालिकाको रानिताल मात्र नभएर यतिबेला जिल्ला कै पर्यटकीय क्षेत्रहरु ओझेलमा पर्नुका साथै संक्रमणका कारण पर्यटन व्यावसाय मात्र पछाडि परेको छैन कि स्थानीय कामदारको समेत रोजिरोटी र आम्दानि गुमेको छ ।
लकडाउनका अलवा शाहसिक पर्यटनको अभावमा पर्यटकीय क्षेत्र ओझेलमा परेको हुदा यस क्षेत्रको पर्यटन र पुर्वाधार विकासका लागि आवश्यक बजेटको व्यावस्थापन गरि शाहसिक पर्यटक सँगै लगानि कर्ताहरु भित्राउन सके साँगुरीगढी गाउँपालिकाको प्रर्वद्धन गर्न सकिने देखिन्छ ।

तपाईको प्रतिक्रिया