इटहरी । उपचारपछि कोरोना जितेर घर फर्किएका युवालाइ समाजले बाहिस्कार गर्दै गाउमा बस्न नदिएका समाचार बाहिरिएपछि होटलमा बस्दै आएका इटठहरी ५ का एक युवालाइ पुनः सोहि गाउमा बस्न दिने सर्वसम्मतबाट निर्णय भएको छ ।

इटहरी उपमहानगरको उपमेयर लक्ष्मी गौतम सहितको सर्वपक्षीय भेलाले समाजबाट बाहिस्कार गरेका कोरोनाबाट संक्रमित भनिएका युवालाइ  पुन सोहि गाउमा राख्ने सहमति भएको हो । उनि बिगत लामो समयदेखि इटहरी ५ स्थित एक आफन्तको बस्दै आएका थीए । गत  २० गते धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उनले स्वाब दिएका थिए ।

२२ गते प्राप्त रिपोर्टले कोरोना भाइरस संक्रमणको पुष्टि गरेपछि उनलाइ  धरानस्थित बिपि प्रतिस्ठानको आइसोलेसन वार्डमा राखेर उपचार सुरू गरिएको थीयो । एक साता पछि उपचारबाट कोरोनालाइ जितेर इटहरी आफन्तकहाँ फर्कन खोज्दा समाजले बस्न नदिने उल्टै आफन्तकै घरमा ताला लगाइदिने चेतावनि दिएपछि पिडित युवक इटहरीकै एक होटलमा बस्न बाध्य भएका थीए ।

कोरोना संक्रमित भन्दै अपमानित ढंगले गाउमा प्रवेस गर्न नदिने भन्ने बिषयमा समाचार प्रकासित भएपछि सामाजिक सञ्जालहरूमा उक्त गाउको बारेमा नकरात्मक टिका टिप्पणी आउनुका साथै इटहरीका जनप्रतिनिधिहरूमाथी नै प्रश्न उठेको थीयो ।

घटनापछि शनिबार उपमेयर लक्ष्मी गौतमको पहलमा इटहरी ५ का स्थानीय टोल बिकास समितिका अध्यक्ष लगायत बुद्धिजिवि र स्थानीयहरूको भेलाले पिडित युवकलाइ उच्च सतरकता अपनाएर सोहि घरमा बस्न दिने निर्णय भएको उपमेयर गौतमले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया