• तेजबहादुर बन 

इटहरी । सुनसरी इटहरी उपमहानगरस्थित खनारबाट सञ्चालन हुने एक उद्योग घेराउ गरी नारावाजी गर्दा स्थानिय र प्रहरीबिच सामान्य झडप भएको छ । सुनसरी मोरङ औद्योगिक करिडोर भित्र सञ्चालन हुदै आएको इटहरी उपमहानगरपालिका १३ खनारस्थित अरिहन्त अटो कोर्गेसन उद्योगको प्रदुषणले स्थानीयमा नकरात्मक असर पुर्याएको भन्दै घेराउ गरी नारावाजी गर्ने क्रममा प्रहरी संग सामानय झडप भएको हो ।

सो उद्योगबाट निस्किएको प्रदुषणका कारण वर्षौदेखि पिडित बन्नुपरेको र सम्बन्धित सबै निकायहरूमा पनि गुहार माग्दा कतैबाट सहयोग नपाएपछि उद्योगबिरूद्ध इटहरी उपमहानगरपालिका १३ खनारस्थित ग्रामथान टोलका स्थानीयहरू आन्दोलित बन्दै आएका छन । उनिहरूले शुक्रबार उद्योग परिषरमा भेला भइ प्रदुषण नियन्त्रण गर्नुपर्न अन्यथा उद्योग नै बन्द गर्नुपर्ने जस्ता माग राख्दै नाराबाजी गरेका छन ।

उद्योगबाट निस्किएको रसायनयुक्त फोहर पानी र गन्धका कारण आफुहरू बिरामि पर्नुका साथै चौपायालाइ समेत नकरात्मक असर पर्न थालेको इटहरी १३ खनारस्थित ग्रामथानका ५३ वर्षीय रामनाथ चौधरीले बताए । यता सो क्षत्रका वडा ध्यक्ष शिवनारायण चौधरी पनि उद्योगको प्रदुषणले हैरानी खेप्नु परेको बताउछन । उद्योग प्रसाशनलाइ पटक पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गरेपनि अटेर गरिदिएको कारण अहिले यो समस्या आएको वडाध्यक्ष शिवनारायण चौधरीले बताए ।

उद्योगबाट निस्किएको प्रदुषणकै कारण स्थानीयहरूको सवासथ्यमा नकरात्मक असर परेको पनि देखिएको छ । बालबालीकाहरूको शरिरमा रातो फोका , डाबर र जिउभरी खटीरा आएको देखिएको छ । उद्योगका कारण बिगत ८ महिनादेखि आफुहरू प्रत्यक्ष मार्कामा पर्दै आएको पिडितहरूले बताएका छन ।

सोहि क्रममा  स्थितिलाइ नियन्त्रणमा लिन खोज्दा सामान्य झडप हुन पुगेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक मानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उद्योग प्रसाशनबाट स्थानीयले तोडफोड गरेको भनि जानकारी गराएपछि टोली घटनास्थल पुगेको र स्थिति नियन्त्रणमा लिन खोज्दा सामान्य घम्साघम्सी भएको प्रहरी निरिक्षक श्रेष्ठले बताए ।

यता अरिहन्त अटो कोर्गेसन उद्योग प्रसाशनका प्रतिनिधि कपिल रेग्मि संग सम्पर्क गर्दा उनले उद्योगको कारण स्थानीयमा मात्र नभइ चौपायामा पनि असर परेको सहर्ष स्विकार्दै समस्या सामधानकालागि सम्बन्धित निकायमा पहल गरिसकेकोले केहि समय पर्खन स्थानीयहरूलाइ आग्रह गरेका छन । हामिले सम्बन्धित मान्छे र स्थानहरूमा उद्योगको प्रदुषणबारे खबर गरिसकेका छौ उहाहरू पनि यो बिषयमा गम्भिर हुनुभएकोले केहि समयपछि समस्या हल हुन्छ रेग्मीले भने ।

 

तपाईको प्रतिक्रिया