मोरगं । पछिल्ला केही वर्ष यता देखि पुर्वी तराईमा च्याउ खेती प्रति किसानहरुको आकर्षण बढी रहेपनि लकडाउन घोषणा भएको समय यता देखि व्यवसायिक च्याउ खेती समेत नराम्ररी प्रभावित बन्न पुगेको छ ।

कोरोना भाइरसको संत्रास बढ्न थालेपछि नेपाल सरकारले गत चैत्र ११ गते देखि घोषणा गरेको लकडाउनको समय यता देखि च्याउ र च्याउको विऊले बजारमा सहज रुपमा उपलव्ध हुने छोडेपछि च्याउ खेती प्रभावित बन्न पुगेको हो ।

मोरगंको सुन्दरहरैचामा रहेको पुर्वी नेपालकै पहिलो व्यवसायिक च्याउ फार्मको उत्पादन घटेको छ ।

दैनिक ३५सय पोका च्याउको विऊ उत्पादन गर्ने नेपाल व्रदर्श मसरुम एण्ड एग्रो रिर्सच प्रालि ले १५ सय पोका मात्र उत्पादन गर्न थालेको प्रालिका सञ्चालक सन्तोस नेपालले वताए ।

उनले च्याउको विऊ अन्य समयमा विभिन्न २२ जिल्ला सम्म विक्रीका लागि पुर्याउदै आएकोमा लकडाउन देखि यता स्थानीय क्षेत्रमा बाहेक बजार पुरयाउन नपाएको वताए ।

व्यवासायिक रुपमा च्याउ खेती गरेर राम्रो आम्दानी लिन सकिने संदेश दिन सफल उद्योग सञ्चालनका मुख्य भुमिका खेल्ने पुर्वमा सफल च्याउ किसानको परिचय वनाउन सफल सरोज नेपाल लकडाउन देखि बजारमा च्याउ र च्याउको विऊ सहज रुपमा पुर्याउन नसकेको वताउछन ।

व्यवसायिक कृषिमा लाग्ने हो भने आम्दानीका लागि युवाहरु बैदेशिक रोजगारीमा जान पर्ने अवस्था आउदै भनेर युवाहरुलाई कृषिमा लाग्न प्रेरणा दिदै आएका नेपालको च्याउ उद्योगमा दैनिक २सय ५० केजी देखि ३ सय केजी च्याउ उत्पादन हुने गरेको छ ।

नेपालले च्याउ उद्योगमा ३० जतिलाई रोजगारी समेत प्रदान गरेको वताए । च्याउको विऊ उत्पादन गर्ने तथा च्याउ उत्पादन गर्ने दुवै काममा सात सात जनाले रोजगारी पाएको समेत नेपालले जानकारी दिए ।

व्यवसायिक रुपमा सरोज नेपालले च्याउ उद्योग सञ्चालनमा ल्याएपछि पुर्वी नेपालमा व्यवसायिक च्याउ खेती गर्नेहरुको संख्या समेत वढी रहेको छ तर पछिल्लो केही महिना यता देखि कोरोना भाईरसको जोखिमका कारण बजार क्षेत्रहरु सहज रुपमा नखुल्दा च्याउको व्यवसाय समेत प्रभावित हुदै आएको छ ।

तपाईको प्रतिक्रिया