इटहरी । विगत १८ वर्ष देखि मुटुको भल्वब्लक हुने समस्याबाट पिडित भक्तकुमारी अधिकारीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सफल शल्यक्रिया भएको छ ।

मुटुमा समस्या देखिएपछि काठमाडौंको गंगालाल अस्पतालमा समेत उपचारका लागि गएको र उमेरका कारण शल्यक्रिया गर्न नमिल्ने भनिएकी ८१ वर्षिया अधिकारीको प्रतिष्ठानमा मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहको टिमले सफल शल्यक्रिया गरेका हुन । लामो समय देखि मुटु रोगबाट पिडित आमालाई आफुहरुले उपचारका लागि गंगालाल अस्पताल समेत पुर्याएको भएपनि उपचार हुन नसकेकोमा प्रतिष्ठानमै उपचार सम्भव भएपछि आफुहरु हर्सित भएको अधिकारीकी छोरी सविना शोभा कोइरालाले वताइन ।

उनले मुटु रोगको उपचारका लागि काठमाडौ र विदेश समेत जाने गरिएकोमा प्रतिष्ठानमै शल्यक्रिया समेत हुन थालेपछि पुर्वी नेपालमा मानिसहरुलाई सहज हुने विश्वास व्यक्त गरिन ।

तपाईको प्रतिक्रिया