• तेजबहादुर बन 

इटहरी । सुनसरीको इटहरी उपमहानगर क्षेत्रमा बिहीबार एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन । इटहरी २० तरहराका २ जना पुरुष सहित इटहरी उपमहानगरमा एकैदिन ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपमहानगरको इञ्जिनीयरलाइ कोरोना पुष्टि भएलगत्तै पिसिआर पदतिबाट स्वाव संकलनको कामलाइ तिब्रता दिइएको थीयो । बिहीबार प्राप्त रिर्पोट अनुसार इटहरी उपमहानगरमा एकै दिन ५ जनामा कोरोना देखिएको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिनुभयो ।

इटहरी २० तरहराका २५ बर्षीय युवक , तरहराकै ३७ वर्षका पुरुष , इटहरी ४ निवासी ३५ बर्षीया महिला , इटहरी ५ का २७ वर्षीय पुरुष र इटहरी उपमहानगर अन्तरगत वारुण यन्त्रका र्कमचारीमा कोरोना पुष्टि भएको अस्पतालका इर्मजेन्सि शाखा प्रमुख धमलाले जानकारी दिनुभयो ।

संक्रमितको संख्या अझै बढन सक्ने अनुमान लगाइएको छ ।संक्रमित मध्ये केहिलाइ अस्पतालको आइसोलेसनवार्डमा र केहिलाइ घरमै होम आइसोलेसनको व्यवस्था मिलाएर उपचार थालीएको उपमहानगले जनाएको छ ।

तपाईको प्रतिक्रिया