इटहरी । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमको कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ । गत साउन १५ गते उपमहानगरका इञ्जिनियरलाइ कोरोना पुष्टि भएपछि कर्मचारी सहित अन्यको पिसिआर टेस्टलाइ तिब्रता दिइएको थीयो ।
यसै क्रममा उपमेयर गौतमले गत साउन २० गते पिसिआर पदतिबाट स्वाब संकलन गरीएको थीयो । बिहीबार आएको रिपोर्ट अनुसार उपमेयर गौतमको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
यसैबिच इटहरी ५ का २७ वर्षका एक युवकमा कोरोना संक्रमण पुस्टी भएको छ । यो संगै इटहरीमा कोरोना संक्रमितको संख्या २५ पुगिसकेको छ । १५ जना उपचारपछि घर फर्किसकेका छन भने केहिलाइ घरमै राखेर उपचार सुरू गरिएको उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका प्रमुख रामचरण चौधरीले बताए । होम आइसोलेसनको पबन्ध मिलाएर संक्रमितहरूको उपचार थालीएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।
यसैबिच प्रदेश एकमा बिहीबार एकैदिन ६६ जना काेराेना संक्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा एकैदिन २१ जना सहित प्रदेश एकमा ६६ संक्रमित थपिएका हुन । याे संगै प्रदेश एकमा संक्रमितकाे संख्या १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९०५ जना उपचारपछि डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया