इटहरी , इटहरी उपमहानगरपालिका वडा नम्बर ९ले १सय २ वर्षिया कृष्णकुमारी लुइटेल लगायत वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

वडा कार्यालयले आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रममा १सय २ वर्षिया लुइटेललाई नगरप्रमुख द्धारिकलाल चौधरीले नगद पाँच हजार पाँच रुपौया र दोसल्ला ओढाएर सम्मान कार्यक्रमको उद्घाटन गरे ।

जेष्ठ नागरिकहरुलाई जिउँदो इतिहासका रुपमा रहने जेष्ठ नागरिकहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा वडा क्षेत्रमा बसोबास गर्ने दुई सय बढी जेष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख चौधरी , उपप्रमुख लक्ष्मी गौतम वडाध्यक्ष भुपेन्द्र बराल लगायतले दोसल्ला ओढाएर सम्मान गरे । वडाध्यक्ष बरालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्ने अतिथीहरुले धेरै कुराका ज्ञान र अनुभव हासिल गरेका जेष्ठ नागरिकहरुको भुमिका समाज लागि महत्वपुर्ण हुने बताएका थिए । वडाध्यक्ष बरालले जेष्ठ नागरिकहरुका लागि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दे आएको स्मरण गरे ।

तपाईको प्रतिक्रिया