निकेश बराल/ सुन्दरहरैँचा, मोरङको सुन्दरहरैँचा नगरपालीकामा रहेको सुकुना बहुमुखी क्याम्पसको प्रमुखमा चन्द्र मणी राई नियुक्त भएका छन् । क्याम्पसका निवर्तमान प्रमुख लक्ष्मी कुमार श्रेष्ठले राजीनामा दिएपछि हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले राईलाई प्रमुख पदमा नियुक्ती गरेको हो ।

समितिको उक्त निर्णय सँगै सुकुना बहुमुखी क्याम्पसमा आज शुक्रवार एक कार्यक्रमका बिच प्रमुख राईले शपथ ग्रहण गरेको सुकुना बहुमुखी क्याम्पसले जानकारी दिएको छ । क्याम्पस प्रमुख बनेका राई यस अधि उक्त क्याम्पसको सहायक प्रमुख रहँदै आएका थिए । बि.सं. २०४८ सालमा स्थापना भएको उक्त क्याम्पसको पाँचौ प्रमुखको रूपमा राईले शपथ ग्रहण गरेका हुन् ।

यस अघि स्थापना काल देखिराम प्रसाद काफ्ले प्रमुख रहेका थिए भने त्यसपछि पीत कुमार श्रेष्ठ, प्रेम प्रसाद भट्टराई, लक्ष्मी कुमार क्षेष्ठ हुँदै आजबाट चन्द्र मणी राई नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया