केही दिनअघि राजधानीको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ नामकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेर हिरासतमा लिएको हो । महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्यले ती महिलालाई पक्राउ गरिएको पुष्टि गरिन्। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । एसएसपी बज्राचार्यले यसअघि युवतीहरुमाथि काँटीले घोचेको अभियोगमा पक्राउ परेका सन्तोष कार्की र यी महिलालाई शुक्रबारै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिइन्। धर्तीमाताले कयौँ मानिसको भीडको बीचमै एक युवतीलाई भूत लागेको भन्दै यातना दिएकी थिइन्। उनले यातना दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आफूलाई धर्तीमाता भनेर चिनाउने बुटवलकी विष्णु कुँवरलाई प्रहरीले यसअघि नै हाजिर हुन भनेको थियो। तर उनी उपस्थित नभएपछि प्रहरीलले खोजी थालेको थियो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीका कृषकहरुसंग साक्षात्कार कार्यक्रम
धरान । खेती नलगाएर बाँझो राखिएका जग्गाहरुमा खेती गरेर कृषकहरुलाई आर्थिक उपार्जनका लागि सहयोग पुर्याउने लगायतका उद्धेश्यह...
धनकुटा क्याम्पसमा विविए पढाई कार्यक्रम सञ्चालनका लागि छलफल सम्पन्न
धनकुटा । धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अब ब्याचलर अफ बिजनेस एडमिनिस्टे«शन पढाई हुने भएको छ । त्रिभूवन विश्वविद्यालय भ...
समीक्षा तथा अन्तरक्रिया गोष्ठी पाख्रीबास नगरपालिकामा सम्पन्न
धनकुटा । निजी आवास पुनर्निर्माण सम्बन्धी समीक्षा तथा अन्तरक्रिया गोष्ठी धनकुटाको पाख्रीबास नगरपालिकामा सम्पन्न भएको छ ।...
नारी विकास संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न
मोरगं । नारी विकास संघ शाखा कार्यालय सलकपुरले एक कार्यक्रमको आयोजना गरि २४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । महिला...
सहकारी क्षेत्रको प्रवद्र्धन स्थानीय तहसंग सहकार्य र समन्वय विषयक अन्तरक्रिया
इटहरी । स्थानीय तहहरुसंग सहकार्य र समन्वयमा सहकारी क्षेत्रको प्रद्धर्वनका लागि सहज वनाउने उद्धेश्यले सुनसरीको इटहरीमा एक...
हातीको आक्रमणबाट सुन्दरहरैचामा एक महिलाको मृत्यु
सुन्दरहरैचा । सुन्दरहरैचामा जंगली हातीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सुन्दरहरैचा नगरपालिका वडा नं १० कि ३२ वर्षि...