कोकिला भण्डारी
धनकुटा । एकिकृत समाज विकास नेपाल धनकुटा शाखाको आयोजनामा महालक्ष्मी नगरपालिका वडा नम्वर ८ निगालेमा बिगत देखि ढाँका बुन्दै गरेका १५ जना महिलाहरुलाई थप सिप प्रदान गर्न एक महिने पुर्नताजगी ढाँका बुनाई तालिम सम्पन्न गरेको छ ।
२०७५ सालबाट धनकुटामा स्थापना गरिएको यस शाखा कार्यालय धनकुटाले जिल्लाका बिभिन्न क्षेत्रहरुमा ढाँका बुनाई तालिमका साथै सिप मुलक बिभिन्न आत्मनिर्भता सम्बधी तालिमहरु सञ्चालन गर्दै आएको शाखाका जिल्ला कार्याक्रम संयोजक छत्र बहादुर श्रेष्ठले बताए ।
एकिकृत समाज विकास नेपाल मुख्य कार्यालय इमाडोल ललितपुरका कार्याकारी निर्देशक दिपक कार्कीका अनुसार घरेलु तथा साना उद्योग विकास समितिको मुख्य कार्यालय धनकुटाको आर्थिक सहयोगमा बिभिन्न तालिम सञ्चालन गर्ने क्रममा एक महिने पुर्नताजगी ढाँका बुनाई तालिम महालक्ष्मि नगरपालिका वडा नम्वर ८ मा रहेका लक्षित बर्गलाई मध्य नजर गरि तालिम सञ्चालन गरिएको हो ।
यस संस्थाको व्यावस्थापनमा गरीबी निवारणकालागि लघु उद्यम विकास कार्याक्रम (मेडपा) अन्र्तगत समुदाय स्तरका आर्थिक तथा सामाजिक रुपले पछि परेका बिपन्न (लक्षित) वर्गलाई उद्योग व्यावसायको माध्यमबाट आर्थिक स्तर बृद्धि गरि स्वरोजगार गराई गरिबी न्युनिकरण गर्ने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको शाखा कार्यालय धनकुटाले जनाएको छ ।
मेडपाले दिएको एक महिने तालिम आफुलाई फलदायि बनेको हुदा तालिम पश्चात हाल बुटा डिजाईनगरि बिगतका दिनको भन्दा फरक तरिकाले ब्यावसायिक रुपमा ढाँका बुनि जिवन यापन चलाएको तालिममा सहभागि सिता भुजेल बताउछिन् ।

तपाईको प्रतिक्रिया