सुनसरी– इटहरीको सरसफाइ क्षेत्रमा सक्रिय बुल्स एलभेन क्लबले लामखुटे मार्ने औषधी छर्कने अभियान सुरु गरेको छ । क्लबले बिहिबार सांझ ६ बजेदेखी राती १२ बजेसम्म इटहरी नगरका बिभिन्न स्थान, दुहबी र खनार क्षेत्रमा लामुखुटे मार्ने औषधी छर्किएको हो । क्लबले इटहरी वार्ड नम्बर ४, ६ र ९ नम्बरका बिभिन्न स्थानमा र दुहबी र खनार क्षेत्रका केही स्थानमा फगिङ मेसिनद्धारा औषधी छरिएको जनाएको छ । त्यसका लागी नगरका बिभिन्न क्षेत्रमा क्लबका एक दर्जनबढी सदस्यहरु परिचालन गरिए अध्यक्ष पूर्ण राइले जानकारी दिनुभयो । यो अभियानलाइ आगामी दिनमा फेरी निरन्तरता दिइने राइले जानकारी दिनुभयो । एक महिनाअघि सुनसरीको धरानमा देखिएको डेंगुको प्रकोप इटहरीमा पनि नफैलियोस भन्ने उदेश्वले क्लबले औषधी छर्किएको राइको भनाइ छ । यसका लागी धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट एउटा फगिङ मेसिन मगाइएको अध्यक्ष राइले जानकारी दिनुभयो । इटहरीमा अहिलेसम्म सात जनामा डेंगुको संक्रमण देखिएको र उनीहरु सबै उपचारपछी घर फर्किएका छन ।

तपाईको प्रतिक्रिया