इटहरी वडा नं. १६ स्थायी बसोबास भई इटहरीमा सागर फिड्स प्रा.लि., सत्यसाई ह्याचरी प्रा.लि. र सम्पूर्ण अटो ट्रेड लिंक प्रा.लि. तथा कोहलपुर बाँके र काभ्रेको बनेपामा क्रमशः बागेश्वरी ह्याचरी प्रा.लि. र सुन्दर पोल्ट्री ब्रिङ्ग फर्मका समेत सञ्चालक रहेका लक्ष्मण हुमागाई भीमबहादुर पौडेलको प्यानलमा उद्योग समूहतर्फबाट सदस्य पदमा निर्वाचित हुने प्रबल सम्भावना भएका उद्योगी हुन् । उद्योगी व्यवसायीका साझा समस्यासँग परिचित उनी सुनसरीका उद्योगीहरुमाझ सालिन र सहयोगी चरित्रले परिचित छन् । हाल पूर्वाञ्चल ह्याचरी उद्योग संघको अध्यक्ष समेत रहेका हुमागार्इंले एक कार्यकाल उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदमा सफल कार्यकाल बिताइसकेका छन् । दर्जनौं सामाजिक संघ÷संस्थामा समेत आबद्ध रहेका उनले रोटरी क्लब अफ इटहरीको पूर्वअध्यक्ष, लायन्स क्लब अफ इटहरीको सदस्यजस्ता महत्वपूर्ण सामाजिक संघ÷संस्थामा समेत प्रतिनिधित्व गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया