प्रवेश कृष ट्रेड एण्ड सप्लायर्स र न्यू त्रिमूर्ति हार्डवेयरका सञ्चालक पिताम्बर पोखरेल व्यवसायी मात्र होइनन् विभिन्न सामाजिक संघ संस्थाका प्रमुख जिम्मेवारी सम्हाल्दै समाजसेवा गर्दै आएका व्यक्तित्व हुन् । युवाहरुलाई परिचालन गर्न सक्ने व्यक्ति उनी पचरुखी युवा क्लब इटहरी ५ को अध्यक्ष हुन् । उनकै कार्यकालमा क्लबमा विभिन्न रचनात्मक काम समेत भएका छन् । त्यति मात्र होइन हिमाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, लायन्स क्लब अफ इटहरीका सचिव, लक्ष्मी नारायण मन्दिर पचरुखीको आजीवन सदस्य, रेडक्रस सोसाइटी इटहरीको आजीवन सदस्य र डिलर एसोशिएसन इटहरीका सदस्य समेत हुन् । यस्ता विभिन्न संघसंस्थामा रहेर विभिन्न सिर्जनात्मक र रचनात्मक काम गर्दै आएका उनी यसपटक भने उद्योग वाणिज्य संघ इटहरीको नेतृत्व तहमा आउनका लागि भीम पौडेल समूहबाट सदस्य पदमा उमेद्वारी दिएका छन् । आफू यस कार्यकालका लागि छनौट हुने कुरामा उनी आशावादी छन् । भन्छन्, ‘मैले इटहरीमा रहेर विभिन्न कामहरु गर्दै आइरहेको छु, आशा छ मलाई व्यवसायी साथीहरुले पक्कै भोट दिनुहुन्छ ।’

तपाईको प्रतिक्रिया