आगामी असार १४ गते हुन लागेको निर्वाचनमा भीम पौडेल समूहका अर्का बलिया उमेद्वार हन् नवराज काफ्ले । आफ्नो लोकप्रियताकै कारण गत निर्वाचनमा समेत जित हासिल गरिसकेका उनी यसपटक पनि चुनावी मैदानमा उत्रिएका छन् । व्यवसायीहरुसँगै विशेषगरी युवाहरुमाझ लोकप्रिय काफ्ले आधादर्जन भन्दा बढी सामाजिक संघसंस्थामा सक्रिय छन् । लियो क्लब अफ इटहरीका बर्ष २००१–०३ का अध्यक्ष, लायन्स क्लब अफ इटहरी सिटीका २०१९–२० का अध्यक्ष, इटहरी जेसिजका सदस्य, रोटरी क्लब अफ इटहरीका सदस्य, होटल व्यवसायी संघ इटहरीका कोषाध्यक्ष, कोशी इँटा उद्योग व्यवसायी संघका कोषाध्यक्ष रहेका उनी विभिन्न सामाजिक कार्यहरुमा सक्रियतापूर्वक लाग्ने व्यक्तित्वका रुपमा परिचित छन् । आफ्नो व्यवसायिक दक्षता निखार्न उनले विभिन्न देशहरुको भ्रमण समेत गरिसकेका छन् । पशुपति गेष्ट हाउस, पशुपति इँटा उद्योग तथा पशुपति ट्रेड एण्ड सप्लायर्सका सञ्चालक समेत रहेका काफ्ले यस पटक पनि आफू जित नजिक रहेको दाबी गर्छन् । गत निर्वाचनमा आफूलाई अत्यधिक मत दिई विजयी गराएको इटहरीका व्यवसायीलाई धन्यवाद दिँदै यसपटक पनि आफूले व्यवायीहरुको मत पाउने अपेक्षामा रहेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया