उद्योग वाणिज्य संघको निर्वाचनमा होमिएका अर्का उमेद्वार हुन् राम हृदय राय (राजु) । इटहरीका विभिन्न सामाजिक संघ÷संस्थामा आफ्नो अमिट छाप छोड्न सफल राय व्यवसायिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । यद्यपि सामाजिक सेवा गर्न कुनै पद नै नचाहिने, यो त मनबाट हुन्छ भावना राख्ने राय छठ पूजा समितिका अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । छठ पूजालाई अझ व्यवस्थित बनाउँदै छठी माताप्रति आस्था राख्ने इटहरीका सबैका लागि उनले अझ विस्तारित रुपमा यस पूजालाई विकास गर्दै लगे । गणेश मन्दिर इटहरी १० को अध्यक्ष उनी मनिहारी तथा कस्मेटिक व्यवसायी संघका संस्थापक सदस्य समेत हुन् । व्यवसाय जुनसुकै भएपनि सबैसँग मित्रवत व्यवहार गर्ने राय सबै व्यापारी माझ लोकप्रिय पात्र बन्न सफल भएका छन् । सपना गोल्ड, जे एण्ड बी एप्रेल्स प्रालि, एसएम ट्रेडर्स, नेपाल एप्रेल्स प्रालिका सञ्चालक समेत रहेका राय उद्योग वाणिज्य संघ इटहरीको आगामी असार १४ गते हुने निर्वाचनमा वाणिज्यतर्फ सदस्य पदका उमेद्वार हुन् । आफूले सबै व्यवसायीहरुसँग मित्रवत व्यवहार गरेका कारण सबै व्यवसायीहरुले आफूलाई सहयोगसँगै निर्वाचनमा अत्यधिक मत दिने कुरामा आफू विश्वस्त रहेको उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया